
अर्घाखाँची, भदौ ११ । अर्घाखाँचीको सन्धिखर्कमा बन्ने भनिएको व्यवस्थित बसपार्क निर्माण अलपत्र परेको छ । ३० करोड रुपैयाँको लगानीमा व्यवस्थित बसपार्क निर्माण हुने भन्दै एक वर्ष अगाडि सर्भेसमेत गरिएको थियो तर बसपार्क निर्माणको काम अघि नबढ्दा स्थानीयबासी निराश बनेका छन् ।
वैशाखबाट काम सुरु हुने भनिए पनि अझै काम हुन नसक्दा सास्ती झेल्दै आएका स्थानीय निराश भएका हुन् । साना सहरी विकास मन्त्रालयबाट ३० करोड रुपैयाँको लागतमा नयाँ संरचनामा बसपार्क बन्ने भनिएको थियो । राष्ट्रिय इन्जिनियर कन्स्ट्रक्सनले नयाँ बसपार्क बनाउने भन्दै सर्भे गरेको थियो ।
करिब १५ रोपनीको क्षेत्रफलमा ब्यवस्थित बसपार्क निर्माण योजना बनेको ओभरसियर रविन्द्र कुमार देवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्