
काठमाडौं, भदौ ११ । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाईंदै छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन आँगन, वहाः, वहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ ।
एक दिनअघि बुद्ध प्रतिमा र दान दिइने वस्तु घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ ।
काठमाडौंको स्वयम्भू महाचैत्यमा दान दिने र लिनेको ठूलो भीड लागेको छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्