
काठमाडौं, भदौ १० । सरकारले ‘इ–कमर्स’ व्यवसायलाई तीव्ररुपमा कार्यान्वयनमा लैजाने जनाइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्यायले सरकारले इ–कमर्स रणनीतिसमेत सार्वजनिक गरिसकेको भन्दै नेपालमा छिट्टै इ–कमर्स व्यवसायलाई प्रभावकारी बनाउन रणनीति कार्यान्वयनमा जोड दिने तयारी गरिरहेको बताएका हुन् ।
‘अनलाइन सपिङ’ कम्पनी ‘दराज’ले आफ्ना योजनाबारे जानकारी दिन मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उपाध्यायले अनलाइन कम्पनी दराजलाई स्थानीय र घरेलु उत्पादनको बिक्री तथा प्रवर्द्धन गर्नका लागि पनि आग्रह गरे ।
दराज अनलाइन सपिङ कम्पनीले अनलाइनमार्फत् ‘मार्केटिङ’, ‘प्याकेजिङ’का लागि पनि तालिम दिइरहेको जनाएको छ ।
दराजका प्रमुख कार्यकारी अधिकृत बिजार्के मिकेल्सनले दराजले विश्वव्यापीरुपमा इ–कमर्सलाई अगाडि बढाइरहेको बताए ।
यस्तै, नेपालका प्रतिनिधि लिनो एलरिङले दराजको बजार विस्तार गर्नका लागि आफूहरुले सरकार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुसँग सहकार्य गर्न लागेको बताए ।
दराजले ५० लाख उत्पादनहरु बिक्री गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्