५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


नेप्से ५ अंक बराबरले सकारात्मक


0
Shares

काठमाडौं, भदौ १० । निरन्तरजसो ‘वियरिष ट्रेन्ड’मा रहँदै आएको सेयरबजार मंगलबार भने सामान्य अंकले सकारात्मक रह्यो ।

बजार परिसूचक नेप्से सामान्य अंकले सकारात्मक रहेपनि कारोबार भने थप खुम्चियो ।

उतार–चढावबीच नेप्से ५ अंक बराबरले सकारात्मक रहेर १२ सय ८ पुग्यो ।

निर्जीवन बिमा र होटल समूहबाहेक अरु समूह सकारात्मक रहे । जीवनबिमा र उत्पादनमूलक समूह दोहोरो अंकले बढेपनि अरु सामान्य अंकले सकारात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका जम्मा ८ लाख ५० हजार कित्ता सेयर साढे २४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।