१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


‘दलीय भागबन्डा नगर’


0
Shares

काठमाडौं, भदौ १० । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले विश्वविद्यालयलगायतका सार्वजनिक संस्थानहरुमा पदाधिकारी छनोट गर्दा व्यक्तिभन्दा पद्दतिलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले विश्वविद्यालयहरु तथा संस्थानहरुमा दलीय भागबन्डा नगरी योग्यता र वरिष्ठताको आधारमा छनोट गर्न आग्रह गरेका हुन् ।

विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदन्ड निर्धारण कार्यदलले सरकारलाई बुझाएको सुझावअनुसार नै पदाधिकारी छनोट गर्न पनि उनले आग्रह गरेका छन् ।

७५ प्रतिशत छात्रवृत्ति लागू गराएरमात्र एमबीबीएस भर्ना प्रक्रिया खुलाउनसमेत डा. केसीले विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका छन् ।