हिरोले उत्पादन गर्‍यो १० करोड युनिट बाइक, एक्स्ट्रिम १६०आर बन्यो ऐतिहासिक • Image Khabar Image Khabar


हिरोले उत्पादन गर्‍यो १० करोड युनिट बाइक, एक्स्ट्रिम १६०आर बन्यो ऐतिहासिक


Imagekhabar
९ माघ २०७७, शुक्रबार ०९:०४

हिरोले उत्पादन गर्‍यो १० करोड युनिट बाइक, एक्स्ट्रिम १६०आर बन्यो ऐतिहासिक

काठमाडौं । मोटोकर्पले १० करोड युनिट बाइक उत्पादन गरेर एक रेकर्ड कायम गरेको छ । हिरोले सो माइलस्टोन पार गरी एक ऐतिहासिकता कायम गरेको छ ।

१० करोड युनिटको रुपमा हिरोको एक्स्ट्रिम १६०आर बाइक कम्पनीको उत्तराखण्डको हरिद्वारस्थित प्लान्टबाट सार्वजनिक गरिएको छ ।

विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनीको रुपमा हिरोले लगातार २० वर्ष देखि रेकर्ड कायम गरिरहेको छ । ५ करोड युनिट उत्पादन उपलब्धि हासिल गरेको ७ वर्षकै अवधिमा हिरोले १० करोड युनिटको आँकडा पार गरेको हो ।

सो अवसरको पहिचान कायम राख्नका लागि दिल्लीको गुरुग्राममा रहेको कम्पनीको म्यानुफ्याक्चरिङ फ्यासिलिटीमा हिरो मोटोकर्पका अध्यक्ष तथा सीईओ डा. पवन मुन्जालले ६ वटा बाइक अनावरण गरे ।

ती बाइकमा स्प्लेन्डर प्लस, एक्स्ट्रिम १६०आर, प्यासन प्रो, ग्लयामर, डेस्टिनी १२५ र माएस्ट्रो एज ११० छन् । यी बाइक आगामी फेब्रुअरीदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने छन् ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्