
काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् ।
मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उनले विदेश भ्रमण स्थगन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आइतबार अपराह्न विदेश प्रस्थान गर्ने भ्रमण स्थगन गरेको पार्टी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्