१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘पैसा लेनदेनको प्रमाण भेटिए संचार क्षेत्रबाट विदा लिन्छु, कारवाही भोग्छु’


0
Shares

चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफु राजनीतिमा जान इच्छुक नरहेपनि आवश्यकता अनुसार जान सक्ने बताएका छन् ।

उनले राजनीतिमा आउने ढोकाको चुक्कुल मात्रै लागेको तर ताला भने नलागेको प्रतिक्रिया दिए ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्धामा धरौटीमा रिहा भएको भोलिपल्ट आज चितवनमा पत्रकार भेटघाटमा लामिछाने अहिले गरिरहेको सञ्चार पेशाबाट नै केही परिवर्तन ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताए ।

उनले आफुले पैसा कमाउन सञ्चार पेशामा नआएको भन्दै कहीं कतै पैसाको लेनदेन गरेको प्रमाण भेटिए आफु सञ्चार क्षेत्रबाट बिदा हुने र कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रष्ट पारे ।

लामिछानेले आजै अस्पताल गएर प्रदर्शनका क्रममा भएका घाइतेहरुलाई समेत भेट गरेका थिए ।