५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


भेडेटारमा स्काइ वाक निर्माण गर्न निजी क्षेत्रको चासो


0
Shares

धनकुटा । पर्यटकीय नगरी धनकुटाको भेडेटारमा निजी क्षेत्रले स्काइ वाक निर्माण गर्न चासो देखाएको छ ।

काठमाडौंको कमलादीस्थित वन्डर नेपालले सिसाको पुल अर्थात स्काइ वाक निर्माण गर्न चासो देखाएको हो ।

होटल एसोसिएसन भेडेटारसँगको सहकार्यमा वन्डर नेपालले स्काइ वाक निर्माण गर्न चासो देखाएको हो ।

स्काइ वाक निर्माणको लागि सो समुहले चाल्सप्वाइन्टसहित अन्य तीन स्थान हेरेको छ ।

गाँउपालिकाले अध्यायनको अनुमति दिए उपयुक्त स्थान छनौट गरी डिपिआर तयार गर्ने तथा प्रदेश सरकारले निर्माणको अनुमति दिए भेडेटार आसपास निर्माण गरिने कम्पनीका इन्जिनियर आकर्षण पोख्रेलले जानकारी दिए ।

भेडेटारमा पर्यटक बढि आउने भएकाले नयाँ गन्तब्य निर्माणको लागि चासो देखाएको पोख्रेलको भनाइ छ ।

यता भेडेटारका पर्यटन व्यवसायीले भने स्काइ वाक निर्माणको लागि सहयोग गर्न आफूहरु तयार रहेको जनाएका छन् ।

चीनमा प्रख्यात रहेको स्काइ वाक नेपालको लागि भने नयाँ हो ।

यो कम्पनीले काठमाडौंको कमलादीमा नेपालकै पहिलो स्काइवाक टावर निर्माण सुरु गरेको जनाएको छ ।