५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


घरको कौसीमा तरकारी खेती गर्ने क्रम बढदै


0
Shares

दाङ । सामान्यतया शहर बजारका घरका कौसीहरु गमलामा रोपिएका फुलहरुले सजिएका हुन्छन् ।

तर दाङको घोराही बजारका घरहरु भने विभिन्न जातका तरकारीले सजिएका छन् ।

यी तरकारीहरु कौसी तथा छतमा फलेका हुन् । पछिल्लो समय घोराही बजारमा कौसीमा तरकारी खेती गर्ने क्रम बढदै गएको छ ।

विशेष गरि बजारमा विषादी राखेको तरकारी आउन थालेपछि बजारबासीहरुले आफ्नै घरको छतलाई तरकारी बारी बनाउन थालेका हुन् ।

केहिका घरका छतमा अम्बा तथा कागती लटरम्म फलेका छन् । कौसी खेती गर्नेहरुले घरबाट निस्किएको फोहोरलाई नै मलको रुपमा प्रयोग गर्ने गरेका छन् ।

केहिका छत त झट्टहेर्दा करेसाबारी जस्तै लाग्छ । घरको छतमा तरकारी खेती गर्ने घरहरु २ सयको हाराहारीमा रहेको घोराही उपमहानगपालिका वातावरण शाखाको अनुमान छ ।

बजारबासीहरुले घरमा मात्रै नभई सडक सजाउन बनाइएको क्यारीमा समेत तरकारी लगाउन थालेका छन् ।

घोराहीलाई हरितनगर बनाउन कौसी तरकारी खेतीले निकै सहयोग पुर्‍याउने उपमहानगरको बिश्वास छ ।