
काठमाडौं । नेपाली बजारमा सांग्रिला मोटर्सले सिट्रोनको पहिलो गाडी सी५ एयरक्रस भित्र्याउदै छ । केही समयमै नेपाल आउने घोषणा गरिएको सिट्रोनको पहिलो कारले नेपाली बजारमा फरक पहिचान कायम गर्ने अनुमान गरिएको छ ।
सो एसयूभीको ५ विशेषता यस्तो रहेको छ ।
१. प्लेटफर्म र डाइमेन्सन
सिट्रोन सी५ एयरक्रसलाई ग्रुप पीएस्एको ईएमपी२ प्लेटफर्ममा विकसित गरिनेछ । सो प्लेटफर्मको उपयोग प्युजो र डीएस अटोमोबाइलमा पनि गरिएको थियो । सो एसयूभीको लम्बाई ४५०० एमएम, चौडाई १८४० एमएम, उचाई १६७०, ह्वीलबेस २७३० एमएम र ग्राउन्ड क्लियरेन्स २३० एमएम रहेको छ ।
२. डिजाइन
सिट्रोन सी५ एयरक्रसमा नयाँ डिजाइन गरिएको छ । यसको फ्रन्टमा स्प्लिट हेडल्याम्प र रियर इन्डमा आयताकार एलईडी टेलल्याम्प रहेको छ । सो कारमा कम्पनीको एयरबम्प डोर र ह्वील आर्क प्रोटेक्टर्स उपलब्ध रहेको छ ।
३. फिचर
सो कारमा प्यानोरमिक सनरुफ, १२.३ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८.० इन्च टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्युअल जोन अटो क्लाइमेट कन्ट्रोल, फ्रि टेलगेट, इलेक्ट्रिक एडजेस्टेबल ड्राइभर सिट जस्ता फिचर समावेश गरिएको छ ।
४. पावरट्रेन
सिट्रोन सी५ एयरक्रसमा २.० लिटर डिजेल इन्जिन समावेश गरिएको छ । जसले १८० पीएसको टर्क जेनेरेट गर्छ । यसको साथै १.६ लिटर टर्बाे पेट्रोल इन्जिन पनि हुने सम्भावना रहेको छ । सो कारमा ६ स्पिडको एमटी ट्रान्समिसनको साथै ८ स्पिडको वैकल्पिक ट्रान्समिसन समावेश गरिएको छ ।
५. मूल्य र प्रतिस्पर्धा
भारतमा सिट्रोन सी५ एयरक्रसको मूल्य अहिले नै अनुमान गर्न सकिदैन । । लन्चिङ पछि सो कार जिप कम्पासको साथै हुन्डाई टक्सनसँग प्रतिस्पर्धा गर्नेछ ।नेपाल अटो
प्रतिक्रिया दिनुहोस्