३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


अमेरिकी अदालतबाट जनसन एण्ड जनसनलाई ५७ करोड ७२ लाख डलर जरिवाना


0
Shares

काठमाडौं । औषधी निर्माता कम्पनी जनसन एण्ड जनसनलाई अमेरिकी अदालतले ५७ करोड ७२ लाख डलरको जरिवाना सुनाएको छ ।

जनसनले ओपियोडको लत लाग्ने संकट निम्त्याउन दोषी रहेको भन्दै अदालतले जरिवाना गराएको हो ।

जनसन एण्ड जनसनले दुखाइ रोक्ने औषधीको गलत प्रचार गरेर सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन सहयोग गरेको आरोप लागेको हो ।

तर कम्पनीले आफूहरुमाथि लगाइएको आरोप झुटो रहेको भन्दै त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ ।

ओपियोड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौं मुद्धामध्ये सुनुवाइ भएको पहिलो मुद्धा रहेको बिबिसीले जनाएको छ ।

जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने अदालतले जनाएको छ ।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्यांक अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसको मृत्यु भएको थियो । (एजेन्सी)