भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध • Image Khabar Image Khabar


भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध


Imagekhabar
८ माघ २०७७, बिहीबार ०६:३६

भारतले रोकेन महाकालीमा एकतर्फी तटबन्ध

काठमाडौं । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रुपमा तटबन्ध निर्मााण जारी राखेको छ । सीमामा संरचना निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय सहमतिविपरीत दार्चुला सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल पारिपट्टि नदी क्षेत्र मिचेर भारतले आफूखुशी तटबन्ध बनाइरहेको हो ।

भारतले एकातर्फी रुपमा अन्तर्राष्ट्रिय सीमामा तटबन्ध निर्माण थालेपछि काम रोकेर दुई देशबीच यसअघि भएको सहमतिअनुसार अघि बढ्न नेपालका तर्फबाट अनुरोध गरिएको थियोृ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत महिना नै २०७० असारमा आएको बाढीले धार परिवर्तन गरी नदी वारि (नेपाल) आए पनि उक्त भूभाग नेपालको भएको सार्वजनिक जानकारी भारतलाई दिइसकेको छ ।

जिल्ला प्रशासनले गत पुस २ गते सीमा नदी मिचेर भइरहेको तटबन्ध निर्माण रोक्न आग्रह गर्दै भारत उतराखण्ड राज्यको धारच्ला तहसिल कार्यालयलाई पत्र पठाएको थियो । त्यही पत्रको बोधार्थ गृह मन्त्रालयलाई पनि पठाइएको थियो । काम नरोकिएपछि पुस ५ र २० गते गृह मन्त्रालयलाई पुनः पत्र पठाइएको थियो । गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पत्र पठाए पनि निर्माण कार्य नरोकिएको प्रशासनले जनाएको छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्