३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


इरानसँग वार्ता गर्न अमेरिका इच्छुक


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी राष्ट्रपति हसन रुहानीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

फ्रान्समा जारी जी सेभेन राष्ट्रहरुको बैठक चलिरहेका बेला आइतबार इरानी विदेशमन्त्री उक्त बैठकमा पुगेपछि राष्ट्रपति ट्रम्पले आफू इरानसँग वार्ताका लाग तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानको परमाणु गतिविधि कम गर्नेबारेमा सन् २०१५ मा भएको सम्झौताबाट गत वर्ष अमेरिका पछि हटेपछि दुवै देशको सम्बन्ध चिसिएको थियो ।

राष्ट्रपति ट्रम्ले इरानसँग परमाणु गतिविधिबारे नयाँ सम्झौता गरेर अघि बढ्न चाहेकोसमेत बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानले आणविक हतियार नष्ट गरे उसैका लागि भलाइ हुने राष्ट्रपति ट्रम्पको भनाइ छ । (एजेन्सी)