
काठमाडौं, भदौ ९ । लाभकरका विषयमा सर्वोच्च अदालतले एनसेलको पक्षमा फैसला गरेको छ ।
सर्वोच्चले निजी क्षेत्रको दूरसन्चार सेवा प्रदायक कम्पनी एनसेलबाट ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने ठूला करदाता कार्यालयको निर्णयलाई खारेज गरिदिएको हो ।
सोमबार सर्वोच्च अदालतको वृहत् पूर्ण इजलासले उक्त निर्णय खारेज गरेको हो ।
ठूला करदाता कार्यालयले गएको वैशाख ३ गते गरेको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको जनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्