
काठमाडौं, भदौ ९ । सांसद हृदयेश त्रिपाठीले निजी बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले उक्त आरोप लगाएका हुन् ।
पछिल्लो समय नेपालका निजी बैंकहरुले साहुकोजस्तो व्यवहार गरेकोसमेत उनको आरोप छ ।
बैंकहरुले राम्रो जमानी हात पार्ने दाउले चर्को ब्याजमामात्र ऋण प्रवाह गर्ने गरेको पनि त्रिपाठीले आरोप लगाए ।
यस्तै कारणले कतिपयले आत्महत्यासमेत गरिसकेको पनि उनले उल्लेख गरे ।
यस्तै अवस्था कायम रहे बैंकहरुमाथि सर्वसाधारणको विश्वास सकिएर जाने भन्दै उनले नेपाल राष्ट्र बैंकले बैंकहरुको प्रभावकारी नियमन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस्