६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ थामिएन


0
Shares

काठमाडौं, भदौ ९ । सोमबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ थामिएन ।

यसदिन पनि बजार परिसूचक नेप्से साढे ६ अंकले ओरालो लागेर १२ सय ३ मा आएर थामियो ।

कारोबार भएका सबै समूह ऋणात्मक रहे । जीवनबिमा समूह सबैभन्दा उच्च ६८ अंकले ओरालो लाग्यो । निर्जीवन बिमा समूहमा २८ अंकको गिरावट आयो । उत्पादनमूलक र होटल समूह पनि दोहोरो अंकले झर्दा अरु सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीका १६ लाख कित्ता बराबर सेयर ३८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।