१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


नक्कली धर्मगुरु भनेको भन्दै आपत्ति


0
Shares

काठमाडौं, भदौ ९ । रेम्पोर्छे भूपति बज्र लामाले आफूलाई नक्कली धर्मगुरु भनेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उनले आफू नक्कली धर्मगुरु नभएको बताए ।

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षकले लामाले विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपाको क्षेत्राधिकार उच्च अदालतको फैसलाअनुसार गुठीको स्वामित्वमा सम्पूर्ण अधिकार रहेको बताए ।

तामाङ कल्याण गुठीले छ्योमे बत्ती घर र तामाङ कल्याण गुठीको भवन बनाएर आफूहरुको क्षेत्राधिकारमा हस्तक्षेप गरेको उनको दाबी छ ।

सरकारको स्वामित्वमा रहेको बौद्ध क्षेत्र विकास समितिले पनि आफूहरुको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको र गैरकानुनीरुपमा पर्यटकहरुसँग चर्को प्रवेश शुल्क लिने गरेको दाबी गरिएको छ ।