नेपाली बजारमा यामाहा रे जेडआर १२५ एफआईको लोकप्रियता • Image Khabar Image Khabar


नेपाली बजारमा यामाहा रे जेडआर १२५ एफआईको लोकप्रियता


Imagekhabar
७ माघ २०७७, बुधबार ०८:०५

नेपाली बजारमा यामाहा रे जेडआर १२५ एफआईको लोकप्रियता

काठमाडौं । नेपाली बजारमा यामाहाको नयाँ बाइक यामाहा रे जेडआर १२५ एफआईको लोकप्रियता चुलिदै गएको छ ।

यामाहा रे जेडआर १२५ एफआई गत असोजमा नेपालमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत सार्वजनिक गरिएको थियो ।

यसमा १२५ सीसीको बीएस ६ मापदण्डयुक्त यामाहाको प्याटेन्डेड ब्लुकोर एफआई प्रविधिसहितको इन्जिन रहेको जनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।

यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । एफआई र बीएस६ भएका स्कुटर किन्न चाहने ग्राहकका लागि बजारमा यामाहा स्कुटरबाहेक अरु कुनै विकल्प छैन । यो नयाँ स्कुटर पनि यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनको छ ।नेपाल अटो

प्रतिक्रिया दिनुहोस्