
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाको बयान लिने काम सकिएको छ ।
अदालतले रुकु भनिने अस्मिता कार्कीको बयान हिजो लिएको थियो भने रवि लामाछिाने र युवराज कँडेलको बयान आज लिएको हो । तीनै जनाको बयान लिने काम सकिएकाले अब थुनछेक बहस शुरु भएको छ ।
यता, जिल्ला प्रशासन कार्यालय चितवनले प्रदर्शन गर्न रोक लगाएको छ ।
पत्रकार शलिकराम पुडासैनीको मृत्यु भएको घटनामा अनुसन्धानको क्रममा प्रहरी नियन्त्रणमा रहेका लामिछानेकोे रिहाइको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।
शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलन हिजो बेलुका एकाएक उग्र भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय, चितवन जिल्ला अदालत र सरकारी वकिलको कार्यालय आसपास कुनैपनि प्रदर्शन गर्न नपाउने गरि रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्