९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


सरकारले कर्मचारी समायोजनको प्रष्ट नीति बनाएन : कर्मचारी संगठन


0
Shares

काठमाडौं । नेपाल निजमाती कर्मचारी संगठनले कर्मचारी समायोजनको प्रष्ट नीति नबनाउँदा समस्या भएको आरोप लगाएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको छैठौं बैंठकको निर्णय आज काठमाडौमा सार्वजनिक गर्दै संगठनले समायोजनमा गएका कर्मचारीलाई स्थानीय निकायले हाजिर नगराउँदा समस्या परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

संगठनले ट्रेड युनियनहरुको सुझावलाई समावेश गरी कर्मचारीमैत्री ऐन जारी गराउनु पर्ने माग गरेको छ ।

त्यसैगरी तिन तहकै कर्मचारीहरुलाई श्रेणीगत वा तहगत एकै प्रणालीमा व्यवस्थापन हुने गरी ऐन निर्माण गर्न पनि माग गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले नागरिकको सेवाप्रति उत्तरदायी बन्दै चुस्त दुरुस्त सेवा प्रदान गर्न सबै निजमती कर्मचारीसँग आग्रह गरेको बताए ।

निजमाती कर्मचारीले सरकारलाई असहयोग नभई सहयोग गरेको भन्दै सरकारको निर्देशन अनुसार प्रशासनिक काम गरेको दावी गरेको छ ।

राजनीतिक दलहरुले कर्मचारीको कारण जनताको काम गर्न नसकेको भन्ने आफूहरुमाथिको आरोप पनि निराधार भएको जिकिर गरेको छ ।

संगठनका सचिव शान्तिराम ढुंगानाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई  सफल बनाउन सबै निजामती कर्मचारीलाई अपिल गर्ने निर्णय गरेको बताए ।