डडेल्धुरामा टेलिकम सेवा नियमित नहुँदा स्थानीय समस्यामा • Image Khabar Image Khabar


डडेल्धुरामा टेलिकम सेवा नियमित नहुँदा स्थानीय समस्यामा


Imagekhabar
६ माघ २०७७, मंगलवार १५:५१

डडेल्धुरामा टेलिकम सेवा नियमित नहुँदा स्थानीय समस्यामा

डडेल्धुरा, माघ ६ । डडेल्धुरा जिल्लाको विकट तथा भारतीय सिमाबर्ती क्षेत्र भागेश्वर गाउँपालिकाको रुपाल क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नियमित नहुँदा स्थानीयलाई सास्ती भएको छ ।

भागेश्वर गाउँपालिकाको वडा नम्वर १ र २ का बस्तीहरुमा सुर्यास्तसंगै टेलिकम सेवा बन्द हुने गरेको छ ।

टेलिकमको टावरमा रहेको सोलार व्याट्रीमा व्याकअप क्षमता नभएकाले मोबाईल सेवा समेत बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।

टेलिकमले टावरमा आवश्यक क्षमताको सोलार जडान गर्न नसक्दा त्यस क्षेत्रका हजारौं जनता एनसेल र भारतीय मोबाईल सिम प्रयोग गरेर सञ्चार सेला लिन बाध्य भएकोे स्थानीय बताउछन् ।

बिद्युत सेवा पुग्न नसकेका टावरहरुमा समस्या रहेको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्