९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


कञ्चनपुरमा एक वर्षमा ३४ वटा बलात्कार घटनाका मुद्दा दर्ता


0
Shares

कन्चनपुर । कञ्चनपुरमा एक वर्षमा ३४ वटा बलात्कार घटनाका मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा जबरजस्ती करणीका ३४ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै जबरजस्ती करणी उद्योगमा २२ र जबरजस्ती करणीपछि कर्तव्य ज्यानमा एउटा मुद्दा दर्ता भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्तीकरणी उद्योगमा १५ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

कञ्चनपुरमा विगतका वर्षको तुलनामा बलात्कारका मुद्दा दोब्बरले बढेको कञ्चनपुरका प्रहरी प्रमुख एसपि दिनेश कुमार आचार्यले जानकारी दिए ।

उनले बलात्कारका ३४ वटा मुद्दा दर्ता भएकोमा ४१ जना प्रतिवादी पक्राउ परेको बताए ।

जबरजस्ती करणीमा पर्नेहरुमा सबैभन्दा बढी १६ वर्षमुनिका १४ जना र १७ देखि २५ वर्षका १७ जनारहेका छन् ।

त्यस्तै २७ देखि ३५ वर्षका ४ जना, ३६ देखि ६० वर्षका २ जना र ६० वर्षमाथिका एक जना रहेको प्रहरीले जनाएको छ ।

अधिकांश बलात्कारका घटनामा छिमेकी, आफन्त तथा चिनेजाने व्यक्ति संलग्न भएको पाइएको उनको भनाई छ ।

एसपी आचार्यका अनुसार विगतमा यस्ता घटनालाई गाउँमै मिलाउने परिपाटी थियो ।

तर पछिल्लो समय आमनागरिकमा जनचेनाको स्तर बढेकाले पनि बलात्कारका घटना प्रहरी समक्ष पुग्ने गरेका छन् ।