Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


राहत प्याकेज कार्यान्वयनमा समस्या भएको भन्दै महासंघले गुहार्यो गभर्नर


0
Shares

काठमाडौं, माघ ५ । कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुर्नउत्थानका लागि मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेज कार्यान्वयनमा समस्या भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराएको छ ।

सोमवार महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बैक तथा वित्तिय संस्थाले नीति र कार्यविधिमा उल्लेख भए अनुसार सुविधा प्रदान गर्न आनाकानी गर्दा कोभिड प्रभावित उद्योगी थप मारमा परेको बताउनुभयो ।

राष्ट्रबैकको निर्देशन विपरित कतिपय बैक तथा वित्तिय संस्थाले पौष मसान्तको व्याजको विषयलाई लिएर व्यवसीलाई कालोसुचिमा राखेकोे गुनासो व्यवसायीका थियो ।

कर्जा बुझाउने म्याद थपका लागि उनिहरुले गभर्नर समक्ष आग्रह गरे ।

यस्तै व्यवसायीले अनलाईन भुक्तानी बढाउनु पर्ने, क्रेडिट रेटिङ्ग क्रणहरुमा पुनरावलोकन गर्नुपर्ने, बैकिङ्ग क्षेत्रमा बढ्दो तरलतालाई तत्तकाल लाभ हुने क्षेत्रमा रकम प्रवाह गर्नुपर्ने, उत्पादन मुलक क्षेत्रमा प्रवाह गर्न ल्याइएको कार्यक्रमको प्रभावकारी अनुगमन हुनुपर्ने लगायतका माग राखेका छन् ।

गभर्नर अधिकारीले उद्योग व्यवसायलाई पुर्ववत अवस्थामा फर्काउन राष्ट्र बैक केन्द्रित रहेको भन्दै उपलब्ध पुर्नकर्जा लगायतका सुविधाका सम्बन्धमा महासंघसँग सहकार्य गरी सातै प्रदेशमा जनचेतना मूलक कार्यक्रम लैजाने जानकारी दिनुभयो ।

कोभिडका कारण थलिएको अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएपनि अझै ४६ प्रतिशत उद्योग बन्द अवस्थामा रहेका छन् ।

मौद्रिक नीति मार्फत स्थापना गरिएको ५० अर्ब बरावरको पुर्नकर्जा कोष बढाएर २ अर्ब पुर्‍याई कार्यविधि आइसकेपनि विभिन्न झमेलाका कारण पिडित व्यवासायीले सहज रुपमा प्राप्त गर्न सकेका छैनन् ।