१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


कांग्रेसले विरोध मात्र गर्दैन सही राजनीतिक मार्गदिशा देखाउँछः नेता सिटौला


0
Shares

नवलपरासी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस सरकारको बिरोध मात्र गर्ने नभई सही राजनीतिक मार्गदिशा देखाउने भूमिकाका रुपमा उभिएको बताएका छन् ।

नवलपरासीको भूमहीमा कार्यकर्ता भेटघाटमा नेता सिटौलाले परिवर्तनलाई बचाउन र संवैधानिक व्यवस्थालाई सही ढंगले अघि बढाउने जिम्मेवारी कांग्रेसमाथि आएको बताए ।

नेता सिटौलाले राज्य सत्ताका केही सीमित जिम्मेवारी हुने र प्रतिपक्षका असिमित जिम्मेवारी हुने भएकाले सरकारलाई संविधानको नियन्त्रण भित्र राख्दै नीतिगत नेतृत्वमा जिम्मवार बनाउने भूमिका कांग्रेसमा आएको तर्क गरे ।

उनले सरकारले स्वास्थ्य क्षेत्रदेखि विभिन्न क्षेत्रमा मनोमानी निर्णय गर्न थालेको बताउँदै त्यसले राज्यमा द्वन्द्व निम्ताउने काम गरेको आरोप लगाए ।