
काठमाडौं । हिन्दु धर्मका अनुसार मंगलबारका दिन भगवान हनुमानका निमित समर्पित गर्ने गरिन्छ । हनुमानको खुशी पार्नका निम्ति धेरै उपायहरु भक्तालुहरुले अपनाउने गर्दछन् । तर ज्योतिषका अनुसार ल्वाङको उपयोग खाश किसिमले गर्न सके तपाइको भाग्यको ढोका खुल्न सक्छ ।
केही जरुरी काम पर्यो भने एउटा कागतीमा चारवटा ल्वाङ गाँडदिएर ॐ श्री हनुमते नम भनेर २१ पटक जप गरेर उक्त कागती श्री राम भन्दै पश्चिमतिर घुमाएर फ्याँक्नुपर्छ । जसले गर्दा तपाइको काम सफल हुन्छ । यदि तपाइको धेरै घर झगडा हुन्छ र नकारात्मक कुरा हावी हुन्छ भने बिहान कपुरमा दुईवटा ल्वाङ जलाएमा लाभ मिल्छ ।
कुनैपनि क्षेत्रमा सफलता पाउनका लागि गणेशको मुडिएको सुडसहितका तस्विर लगाउने र यसको अघिल्लतिर ल्वाङ र सुपारी राखेर पुजा गर्नु उतम हुन्छ । काममा जानु अघि पूजा गरेको उक्त ल्वाङ लिएर गए कहिल्यै गर्न लागेको काम रोकिदैन् ।
आकस्मिक धनलाभ र रोकिएको पैसा पाउन परे काँचो नरिवलको तेलमा दुईवटा ल्वाङ फुराएर हनुमानलाई पूजा गरे आकस्मि धनलाभ हुनेछ भने तपाइमा आत्विश्वास समेत बढ्नेछ ।
प्रतिक्रिया दिनुहोस्