
काठमाडौं, भदौ ९ । काठमाडौंको सिनामंगलमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
सिनामंगल कार्गो कार्यालय अगाडि आइतबार राति तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको बा२ख ४३१७ नम्बरको टिपरले बा८५प ५६९, बा३८प २३९३ र ना४३प ८७३५ नम्बरको तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बा३८प २३९३ नम्बरका चालक पासाङ भोटे रहेका छन् । बा८५प ५६९ नम्बरका चालक छाङवुङ भोटे, ना४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल भने गम्भीर घाइते भएकाले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
यस्तै घाइते सिसम वाग्ले र प्रवीन धितालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले तीव्र गतिमा आएको टिपरले तीनवटा मोटरसाइकललाई एकैपटक ठक्कर दिएको जानकारी दिए । चालकलाई भने नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्