
काठमाडौं, भदौ ९ । इन्टरनेशनल एसोसिएसन अफ लायन्स क्लब अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं क्रियटिभ यूथले इन्टलेशन अफ इन्डक्सन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लायन्स क्लबका नयाँ सदस्यलाई स्वागत र विभिन्न क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याई सफल भएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले इमेज च्यानलका वरिष्ठ पत्रकार दीपक श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मान गरिन् ।
त्यस्तै विजनेस आइकनको लागि मगर्स क्रियशनका सीईओ आशिर्वाद पुनलाई सम्मान गरिएको थियो । क्लबका पदाधिकारीले क्लबले गर्दै आएको समाजसेवाका बारेमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्