
सर्लाही, भदौ ८ । सर्लाहीको हरिपुर बजारका व्यापारीले बढाइएको कर घटाउन माघ राख्दै आइतबार दिनभर बजार बन्द गरे ।
स्थानीय व्यापारीहरुले फोहोरमैला व्यवस्थापन हुनुपर्ने, बजार व्यवस्थापन समिति गठन हुनुपर्ने माग राख्दै बजार बन्द गराएका हुन् । आन्दोलित व्यापारीले मध्यान्ह हरिपुर बजारमा र्याली समेत निकालेका थिए ।
आफूहरुको मागका सम्वन्धमा नगरपालिकामा जानकारी गराउँदा वास्ता नगरिएपछि बजार बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य भएको उद्योग वाणिज्य संघ हरिपुरका अध्यक्ष शंकर दाहालले बताए ।
बजारको विकासका लागि नगरपालिका खासै गम्भीर नभएको व्यापारीहरुको आरोप छ । उनीहरुले माग सम्वोधन गर्न ध्यानाकर्षण गराउँदै हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्लेलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्