डडेल्धुरा, भदौ ८ । गौरा पर्वको अवसरमा डडेल्धुरामा राष्ट्रिय गौरा महोत्सव २०७६ हुने भएको छ ।
विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा जिल्ला सदरमुकामको बसपार्कमा भदौ ९ गतेदेखि १२ गतेसम्म राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा प्रतिश्पर्धात्मक नाच तथा डेउडा प्रतियोगिताको आयोजना हुने समितिका अध्यक्ष देवराज भट्टले जानकारी दिए । स्थानीय कला संस्कृतिको संरक्षणका लागि प्रतिश्पर्धात्मक रुपमा प्रतियोगिता राखी उत्कृष्टलाई पुरस्कृत गर्ने जनाइएको छ ।
सुदूपश्चिमको मूख्य संस्कृतिका रुपमा रहेको गौरा पर्व युवा माझ हस्तान्तरण गर्न अभिप्रेरित गर्नु महोत्वसवको मूख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्