९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


धादिङमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी


0
Shares

धादिङ, भदौ ८ । धादिङमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी थालिएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र वितरण गर्न तयारी थालिएको बताएको हो । तयारी स्वरुप आज सदरमुकाम धादिङबेसीमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुसँग विभागले परिचयपत्र वितरणबारे सुझाव संकलन गरेको छ । 

आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ । यो बहुउपयोगी हुने राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका निर्देशक सुभास ढकालले जानकारी दिए ।

संविधानको धारा १५ र ५१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको उनले बताए । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र वितरण पहिलोपटक पाँचथर जिल्लावाट सुरु गरिएको थियो ।