६ श्रावण २०८२, मंगलबार | Wed Jul 23 2025


बेइजिङस्थित नेपाली दूतावासका अधिकारीसँग चेम्बरको छलफल


0
Shares

काठमाडौं, भदौ ८ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीन विश्वकै अग्रणी अर्थतन्त्र भएकाले यसको प्रभाव नेपालमा बढी पर्ने बताएका छन् । उनले जिरो ट्यारिफ र ८ अंकको एचएस कोड प्रयोग हुने हुँदा शुन्य भन्सार सुविधा लिन गाह्रो भएको बताए ।

अध्यक्ष श्रेष्ठले आईतबार नेपालका लागि चीनको बेइजिङस्थित नेपाली दुतावासका मिनिस्टर (इकोनोमिक) छविन्द्र पराजुलीसँग छलफल गर्ने क्रममा यी विषयप्रति पराजुलीको ध्यानाकर्षण गराएका हुन् ।

श्रेष्ठले सर्टिफिकेट अफ ओरिजिन कुन स्तरको लागि कस्तो आवश्यक पर्ने लगायतका विषय पनि आपसी छलफलबाट तय हुनुपर्ने बताए । 

उनले दोश्रो बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा नेपालप्रति देखाएको प्रतिबद्धता र परियोजनाले नेपालको विकासका अपेक्षा पुरा हुने गरी कार्य गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पराजुलीले दुई पक्षीय व्यापारिक र आर्थिक क्षेत्रमा अझ सुदृढीकरण गर्ने उपायहरू पहिल्याउने र दुवै मुलुकलाई आपसी फाइदा पुग्ने गरी आफू लाग्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।