९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


गेर्खुमा निर्माण गरिएको डाइभर्सन एक सातामै तेस्रो पटक बाढीले बगायो


0
Shares

नुवाकोट, भदौ ८ । नुवाकोटको गेर्खुमा निर्माण गरिएको डाईभर्सन तेस्रो पटक बाढीले बगाएको छ ।

एक साता भित्रै बाढीले डाईभर्सन बगाएको यो तेस्रो पटक हो । पक्की पुल निर्माणका लागि डाईभर्सन निर्माण गरि सवारी आवतजावत गराईएको छ ।

बिदुर नगरपालिका वडा नम्बर १ र १० जोड्ने डाईभर्सन खोलाले बगाउँदा सवारी आवतजावत प्रभावित बनेको छ । पक्की पुल निर्माणले गति लिन नसक्दा पटक पटक सवारी साधनहरु प्रभावित बन्ने गरेका छन् ।

यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालन हुने मार्गमा अवरोध हुँदा लाखौँ रुपैयाँ नोक्सानी हुँदै आएको छ । यस्तै, रसुवागढी नाका जोड्ने सडकखण्डको विभिन्न स्थानमा पहिरो गएपछि सवारी सञ्चालन रोकिएको छ । 

पासाङ ल्हामु मार्गको राम्चे तथा ब्राबल र धुन्चे रसुवागढी सडक खण्ड अन्तर्गत लिङलिङ, तातोपानी क्षेत्रमा पहिरो गएको हो । अविरल बर्षापछि आएको पहिरोका कारण छहरे–टोखा सडक अवरुद्ध भएको छ । छहरे–टोखा सडकखण्डअन्तर्गतको गुर्जेभञ्ज्याङमा पहिरो गएका कारण उक्त सडक खण्ड अबरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएका कारण काठमाडौंबाट नुवाकोटतर्फ आएका तथा नुवाकोटबाट काठमाडौं गइरहेका सवारीसाधन अलपत्र छन् । सडकमुनिबाट पहिरो गएका कारण जोखिम बढेको र यातायात संचालनका लागि समय लाग्ने बताइएको छ ।