
नुवाकोट, भदौ ८ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक र पुरातात्विक संरचनाको पुनर्निर्माण उत्तिकै प्राथमिकतामा रहेको बताएका छन् ।
नुवाकोटको ऐतिहासिक सात तले दरबार परिसरमा भएको सम्पदा पुनर्निर्माण सम्बन्धी कार्यक्रममा उनले ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले विशेष योजना बनाएर काम गरिरहेको बताए ।
चीन सरकारले पुनर्निर्माण थालेको सात तले दरबार यसको उदाहरण रहेको उनको भनाइ थियो ।
उनले प्राधिकरणकै पहिलो प्राथमिकता व्यक्तिको निजी आवास निर्माण गरि सुरक्षित राख्नु भएकाले केही समय पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण ओझेलमा परेको बताए । निजी आवास निर्माणको काम अन्तिममा पुगेको बताउँदै उनले अबको समय संस्कृति तथा सम्पदा संरक्षण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्