
काठमाडौं, भदौ ८ । काठमाडौंको असन कोथुननी बचाउ अभियानले सम्पदा संरक्षणका लागि दबाब दिने उद्देश्यले संकलित १५ हजार हस्ताक्षर आज गुठी संस्थानमा बुझाएको छ ।
ज्ञापनपत्रसहित संकलित हस्ताक्षर बुझाउन अभियन्ताहरु त्रिपुरेश्वरस्थित गुठी संस्थान पुगेका थिए । गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको दुई सम्पदा स्थल छायादेवी कम्प्लेक्स र असन कोथुननीका विषयमा गुठी संस्थानले जनभावना अनुरुप काम नगरेको भन्दै ज्ञापनपत्र मार्फत खबरदारी गरिएको छ ।
यी सम्पदालाई सम्पदाकै रुपमा संरक्षण, सम्बर्द्धन र पुनर्निर्माण गर्नु पर्ने उनीहरुको माग छ । सम्पदा स्थलमा व्यापारिक भवन बनाउने सम्झौता तत्काल खारेज गर्न समेत माग गरिएको छ ।
गुठियारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै उनीहरुले धर्म, संस्कृति र सम्पदाको नाश गर्ने काम गरिरहेको भन्दै यसतर्फ सरकार गम्भीर बन्न आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्