
सिन्धुली । सिन्धुलीमा आवास र सडक निर्माणको मापदण्ड लथालिंग बनेको छ ।
कमलामाई नगरपालिकाले नगरको गुरु योजना कार्यान्वयनमा ल्याउन नसक्दा सरकारी तथा निजी आवास निर्माणका साथै सडकको मापदण्डसमेत लथालिंग बनेका छन् ।
नगरलाई सुन्दर, सफा र हरियालीयुक्त सहर बनाउने भनिएता पनि नगरपालिकाले आवास क्षेत्र र सडक क्षेत्रलाई व्यवस्थित गर्न नसक्दा दिनदिनै समस्या बढदै गएको छ ।
नगरपालिकाको बजार क्षेत्रका गल्ली तथा साँघुरा सडक फराकिलो बनाउन नसक्दा यातायात आवागमनमा समस्या भएको छ ।
त्यस्तै नदी खोला क्षेत्रमासमेत घरआवास निर्माण भइरहेका छन् भने गौमती खोलाको आसपासको क्षेत्र अतिक्रमण गरी सरकारी विकास आयोजनासमेत सञ्चालन भएका छन् ।
स्थानीय तहले नदीखोला क्षेत्र दोहन गरी विकासका आयोजना सञ्चालन गर्दा बाढी पहिराको समस्या आउन सक्ने देखिएको छ । तर नगरपालिकाको ध्यान यसतर्फ देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्