
काठमाडौं । म्यानमारले बंगलादेशमा शरणार्थीका रुपमा रहेका म्यानमारका रोहिंग्या मुश्लिमहरुलाई स्वदेश फर्काउन असफल भएका भन्दै बंगलादेशको आलोचना गरेको हो ।
बंगलादेशले पहल नगरेका कारण उनीहरु स्वदेश नफर्केको म्यानमारको आरोप छ ।
बंगलादेशले भने आर्थिक अभावका कारण उनीहरुको उचित व्यवस्थापन गर्न नसकेको स्पष्ट पार्दै बारम्बार स्वदेश फर्काउने प्रयास गरेको स्पष्ट पारेको छ ।
बंगलादेश सरकारले शरणार्थीलाई स्वदेश फर्काउन बसको व्यवस्था गरेपनि कुनै पनि शरणार्थी स्वदेश फर्कन नमानेको बताइएको छ ।
पछिल्लो समय ३ हजार ५ सय शरणार्थीहरु फर्काउने तयारी अन्तिम चरणमा पुगेको दुवै देशले दावी गर्दै आएका छन् ।
शरणार्थीको सुरक्षा र नागरीकताको सुनिश्चितताको शर्त राखी उनीहरुलाई फर्काउने प्रयास गरिएको थियो ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल बंगलादेशमा ७ लाख ४० हजार रोहिंग्याहरु शरणार्थीका रुपमा रहेका छन् ।
म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुको धार्मिक र जातीय द्वन्द्वका कारण उनीहरु बिस्थापित भएका हुन् ।
यता चीन र जापानले पनि उनीहरुलाई स्वदेश फर्काउन पहल गरिरहेको छ । यद्दपी शरणार्थीहरु भने कुनै पनि हालतमा स्वदेश नफर्कने अडानमा छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्