
पाल्पा, भदौ ७ । नेपालले अंग्रेज सेनालाई युद्धमा जितेको खुसियालीमा पाल्पाको तानसेनमा शनिबार २०१औं विजयोत्सव मनाइएको छ ।
वि.सं. १८७१ साल पुसदेखि १८७२ साल जेठसम्म पाल्पा, नुवाकोट, बुटवल र जितगढी युद्धमा अंग्रेजलाई हराएको सम्झनामा विजयोत्सव मनाउन थालिएको हो ।
तत्कालीन प्रशासक कर्णेल थापाले बुटवल, जितगढी युद्धमा विजयी भए तानसेनमा भगवतीको ठूलो मन्दिर बनाइ भगवतीको महिमा चारैतिर फैलाउने भनी भाकल गरी युद्धमा गएका थिए ।
दुईपटकसम्म उक्त क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णे थापाले गजुरसहितको तीनतले मन्दिर निर्माण गरेको बताइन्छ ।
त्यसलगत्तै १८७६ सालदेखि तानसेनमा विजयोत्सव मनाउन थालिएको हो ।
सोही अवसरमा तानसेनमा भगवती जात्राको रथ नगर परिक्रममा गराइ मन्दिरमा विसर्जन गरिएको छ ।
जात्रा हेर्न काठमाडौं, गुल्मी, अर्घाखाँची, रुपन्देहीलगायतबाटसमेत मानिस तानसेन आएका थिए ।
प्रतिक्रिया दिनुहोस्