
अर्घाखाँची, भदौ ७ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा अर्घाखाँचीको सदरमुुकाम सन्धिखर्कमा शनिबार रथयात्रा निकालिएको छ ।
सदरमुुकामस्थित १०८ गणेश पञ्चायन मन्दिरबाट मन्दिर व्यवस्थापन समितिले निकालिएको रथयात्राले मिडियाचोक, हललाइन, चुत्रावेसीलगायतका स्थानको परिक्रमा गरेको थियो ।
रथयात्रामा विभिन्न स्थानमा पूजाआजा, रोपाइँ जात्रा, पञ्चेबाजासहित नाच र भजनकीर्तिन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्