३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


उत्तर कोरियाद्वारा सानो दूरीका दुईओटा ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण


0
Shares

काठमाडौं, भदौ ७ । उत्तर कोरियाले दुईओटा सानो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको हो ।

दक्षिण कोरियाको सेनाले स्थानीय समयअनुसार शनिबार बिहान दक्षिण हामयोङ प्रान्तको पूर्वी सहर सोन्दोकबाट मिसाइल परीक्षण गरिएको जनाएको छ ।

मिसाइल ३८० किलोमिटरसम्म उडेपछि ‘सी अफ जापान’मा खसेको बताइएको छ ।

जापानका रक्षामन्त्री ताकेशी वायाले मिसाइल जापानी जल क्षेत्रमा खसेको पुष्टि गर्दै यसबाट संयुक्त राष्ट्रसंघको प्रस्तावनाको स्पस्ट उल्लंघन भएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकासँगको वार्तापछि १७ महिनासम्म स्थगित गरेको मिसाइल प्रक्षेपणलाई गत जुलाईको अन्त्यबाट भने उत्तर कोरियाले फेरि सुरु गरेको हो । त्यसयता उत्तरले सातओटा परीक्षण गरिसकेको छ ।

प्योङयाङले अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासप्रति लगातार आक्रोश व्यक्त गर्दै आएको छ ।

अमेरिका र दक्षिण कोरियाली सेना वार्षिकरुपमा हुँदै आएको सैन्य अभ्यासमा छन् । (एजेन्सी)