अरनिको राजमार्गमा दुर्घटनाको जोखिम बढ्यो « Image Khabar


अरनिको राजमार्गमा दुर्घटनाको जोखिम बढ्यो


Imagekhabar
२८ पुष २०७७, मंगलवार २०:११

काभ्रे, पुस २८ । अरनिको राजमार्ग अन्तर्गत विभिन्न स्थानमा सडक जीर्ण बन्दै गएपछि सवारी दुर्घटनाको जोखिम बढेको छ ।

वर्षायाममा पहिरो गएको स्थानमा मर्मत नहुँनुका साथै सडकका खाल्डा नपुरिँदा जोखिम बढेको हो ।

धुलिलखेल नगरपालिकाको ल्याण्डफिल्ड साइट नजिकै वर्षायाममा भत्किएको सडक महिनौं हुँदा समेत मर्मत हुन सकेको छैन ।

जसका कारण यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।

अरनिको राजमार्ग भएर दैनिक सयौं गाडी ओहोर–दोहोर गर्छन् ।

चालकले खाल्डा छलाउन खोज्दा पनि दुर्घटना हुने गरेको छ ।

कम गुणस्तरीय सामाग्री प्रयोग गरेर सडक मर्मत गर्ने तथा सवारी साधनले पनि क्षमता भन्दा बढी लोड बोक्ने गरेका कारण मर्मत गरिएको केहि समयमै सडक विग्रने गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्