
काभ्रे, भदौ ६ । काभ्रेको बनेपा नगरपालिकामा हजारौं कन्या पुजिएका छन् ।
हरेक वर्षको कृष्ण अष्टमीका दिन काभ्रेको बनेपा, पनौती, जनागाल र धुलिखेलमा रजश्वला नभएका युवतीहरुलाई पुज्ने चलन रहेको छ ।
बनेपा ७ गाउँलाई राक्षसबाट मुक्त गराउँन सफल आराध्यदेवी चण्डेश्वरी देवीकारूपमा १९५९ सालदेखि पुजिँदै आएको छ ।
कन्यापूजा गर्नाले मनले चिताएको कुरा पूरा हुने, वैदिकज्ञान बढ्ने तथा शान्ति मिल्ने एव पुजिने कन्याको दीर्घायुु हुने धार्मिक जनविश्वास छ ।
कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नरकन्या र किचकन्यासमेत मानवकन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईकी कुमारी मानेर पूजा गरेमा सार्थक हुने आस्था रहेको छ ।
पूजामा हरेक वर्ष ९ देखि १० हजार कन्याहरुलाई पुजिने गरेको सनातन कन्यापूजा प्रवर्द्धन समितिका सचिव सुरकृष्ण वैद्यले बताए ।
प्रतिक्रिया दिनुहोस्