
पाँचथर, भदौ ६ । पाँचथरमा व्यक्तिगत प्यान नम्बर लिन नागरिक उत्साहित बनेका छन् ।
फिदिममा करदाता सेवा कार्यालय स्थापना भएपछि २ हजार ४२० जना करदाताले ब्यक्तिगत प्यान नम्बर लिएको कार्यालय प्रमुख किरण लिम्बूले बताए ।
सरकारले बजेटमार्फत व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने घोषणा गरेपछि पछिल्लो समय प्यान नम्बर लिनेको संख्यामा वृद्धि भएको हो । जसअन्र्तगत जेठदेखि साउनसम्ममा मात्रै २ हजार १२६ जनाले ब्यक्तिगत प्यान नम्बर लिएको लिम्बूले बताए ।
यस्तै कर कार्यालय स्थापना भएसँगै विभिन्न फर्म दर्ता गरी अहिलेसम्म ६ सय २६ जना करदाता थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्