२४ घण्टामा ४८८ संक्रमित, ५२७ संक्रमणमुक्त, १० जनाको मृत्यु « Image Khabar


२४ घण्टामा ४८८ संक्रमित, ५२७ संक्रमणमुक्त, १० जनाको मृत्यु


Imagekhabar
२७ पुष २०७७, सोमबार १६:२४

काठमाडौं, पुस २७ । पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भई संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७३ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्