
उदयपुर, भदौ ६ । उदयपुरको एक महिला बहुउद्देश्यीय सहकारी संस्थाले नाफाबाट समुदायमा लोक कल्याणकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ मा रहेको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्था बसाहाले ११ जना महिलाबाट १६ वर्ष अगाडि १० रुपैयाँ बचत संकलनबाट सुरु गरेको समूहबाट स्थापित सहकारी संस्थाका एक हजार ६ सय बचतकर्ता छन् भने यसले सुबिधा सम्पन्न भवन, रेमिट्यान्स, एम्बुलेन्स र मौरी पालन व्यवसाय सञ्चालन गर्दै आएको छ ।
आफ्नै भवनबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आएको संस्थाले महिला स्वस्थ्यलाई ध्यान दिदैं अर्धवार्षिक रुपमा महिला स्वास्थ्य शिविर र विपद् व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीसंँग सहकार्य गर्दै आएको संस्थाका सचिव सम्झना राइले जानकारी दिइन् ।
टोल टोलमा महिला बचतकर्ताको समूह बनाएर बचत संकलन तथा दुर्घटना, सुत्केरी, दीर्घ रोग र छोरीलाई प्राविधिक र उच्च शिक्षा अध्ययनमा अनुदान, आर्थिक सहयोग र न्यून अंक ब्याज दरमा ऋण लगानी गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्