७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


हुन्डाईकोे ‘भेन्यु ३’ नेपालमा


0
Shares

काठमाडौं, भदौ ५ । हुन्डाईको ‘भेन्यु ३’ नेपालमा भित्रिएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो गाडी सार्वजनिक गरेको हो ।

अत्याधुनिक विशेषतासहितका यी गाडी आरामदायी र सुरक्षित रहेकाले छिट्टै ग्राहकको रोजाइमा पर्ने कम्पनीको दाबी छ ।

यस गाडीको न्यूनतम् मूल्य ३४ लाख ९६ हजारदेखि अधिकतम् ५५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ ओटा शोरुम र १७ ओटा सर्भिस सेन्टरमार्फत् गुणस्तरीय बिक्रीपछिको सेवा दिइरहेको जनाएको छ ।