मोरङमा अनेरास्ववियूको बयलगाडा विरोध प्रदर्शन « Image Khabar


मोरङमा अनेरास्ववियूको बयलगाडा विरोध प्रदर्शन


0
Shares

विराटनगर, पुस २६ । त्यसैगरी मोरङमा पनि दाहाल–नेपाल पक्षको अनेरास्ववियूले बयलगाडाको व्यङग्यात्मक जुलुस निकालेर विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर गणतन्त्र र नेपालको संविधानलाई असफल बनाउन खोजेको आरोप लगाए ।

प्रतिनिधिसभा पुनःस्थापना नभए मुलुक दुर्घटनामा जाने भन्दै उनीहरुले विरोध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् ।