
काठमाडौं, भदौ ५ । चिकित्सा शिक्षामा मनपरी शुल्क लिइएको भन्दै चिकित्सा शिक्षा अध्ययनरत् विद्यार्थीहरुले विरोध कार्यक्रम थालेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले सरकारले तोकेकोभन्दा धेरै बढी शुल्क लिइएको बताए ।
उनीहरुले यही भदौ २५ गतेसम्मको आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् ।
सरकारद्वारा प्रतिबन्धित समूह नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको संयोजकत्वमा सुरु भएको आन्दोलनमा विभिन्न मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीको सहभागिता रहेको छ ।
सरकारले आफूहरुका माग सम्बोधन नगरे कालोपट्टी बाँधेर काम गर्ने/पढ्ने र २५ गते काठमाडौंमा स्वास्थ्यकर्मीको सहभागितामा प्रदर्शन गर्नेसमेत उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्