१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


गुन्द्रुक पनि चीनबाट आयात


0
Shares

काठमाडौं । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।

निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याईने गरिएको छ ।

रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गन्दु्रक आयात भएको देखिन्छ । कार्यालयका अनुसार २०७३/०७४ मा ७ सय ३ किलो र २०७४/०७५ मा १ सय ४० किलो गुन्दुक भित्रिएको हो । 

व्यापारीहरुका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय २० रुपैंयाँ देखि २ सय ५० रुपैंयाँ छ ।

आयात हुनेका रायो र तोरीको गुन्द्रुक बढी छ ।  -कान्तिपुर दैनिकबाट