Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


छोरी बुहारीको मतलब गर्नेले पार्टी मेरो भन्ने ?– केपी ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छोरी बुहारीको मतलब गर्नेले पार्टी मेरो भन्न नसुहाउने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित जनसभालाई सम्बोधनमा उहाँले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै जनताको मतलब नभएकाले पार्टी आफ्नो भनेको बताउनुभयो ।

‘पार्टी उहाँहरुको अरे, जसलाई छोरीको मतलब छ, बुहारीको मतलब छ, जनताको मतलब छैन, जसलाई आफन्तको मतलब छ, तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो पार्टी सम्धीवाला पार्टी होइन, छोरीबुहारी वाला पार्टी होइन, भाइभतिजावाला पार्टी होइन, तपाईंहरुको पार्टी हो, देश बनाउने पार्टी हो, जनताको पार्टी हो ।’

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई आफन्तबाट देशमा आँखा लगाउनु आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘मन परिवर्तन गर्नुस्, आफन्तभन्दा देशतर्फ आँखा लगाउनुस्, कमाउनेतिर नभइ देश विकासतर्फ आँखा लगाए मात्र गिन्तीमा परिन्छ ।’

आफ्ना पनि आफन्त भएको बताउँदै उहाँले आफ्ना एकजना आफन्तलाई माथिल्लो ओहदामा पुर्याएको देखाउन चुनौतीसमेत दिनुभएको छ । उहाँले ठाउँको माथिल्लो उहाँहरुको ७ जना आफन्त भएको ओलीको आरोप छ । यस्तै, ओलीले देशभरबाट १० सिट जितेर देखाउन पनि दाहाल–नेपाल समूहलाई चुनौती दिनुभएको छ ।